काठमाडौं, १४ असोज । पत्रकार ऋषि धमलाले विगत दुई वर्षभन्दा बढी समयदेखि चलाउँदै आएको ‘नेपालवाणी रेडियो नेटवर्क’को ‘वाणी बहस’ कार्यक्रम एकाएक छाडेका छन् ।
पत्रकार धमलाले शुक्रबारदेखि औपचारिक रुपमा ‘वाणी बहस’ छाडेको जानकारी दिए । ‘दुई वर्षभन्दा धेरै समय नेपालवाणी रेडियो नेटवर्कमा वाणी बहस चलाएँ’, धमलाले भन्नुभयो, ‘अब आफ्नै नेटवर्कबाट आफ्नै ब्राण्डको ‘नेपाली बहस’ चलाउँछु ।’
उनले अब आफ्नै ब्राण्डको ‘नेपाली बहस’ नामक कार्यक्रम चलाउने छन् । यो बहस कार्यक्रम काठमाडौंको अनामनगरस्थित आफ्नै स्टुडियोबाट प्रशारण हुनेछ ।
उनको ‘नेपाली बहस’लाई दुई सयभन्दा बढी एफएम रेडियोहरूले आफू अनुकुल प्रशारण गर्ने छन् । एनआरएन रेडियोमा पनि पत्रकार धमलाको बाणी बहस सुन्न सकिने उनले बताए ।
धमलाको ‘नेपाली बहस’ बिहान ६ बजेदेखि ७ बजेसम्म एक घण्टाको हुनेछ । ‘नेपाली बहस’लाई पहिलाको भन्दा केही फरक शैलिमा चलाउने तयारी पत्रकार धमलाको छ ।











प्रतिक्रिया