काठमाडौं, १४ असोज । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले नेपाललाई भुटानीकरण गर्ने गरी भारतसँग २५ बुँदे राष्ट्रघाती वक्तव्य जारी गरेको भन्दै सिंहदरबार अगाडि धर्ना दिने भएको छ ।
सिंहदरबारको पश्चिम गेट नजिकै रहेको भद्रकाली अगाडि नयाँ शक्ति पार्टीले आज दिउँसो एक बजे धर्ना दिन लागेको हो । धर्नाका लागि आफ्ना कार्यकर्तालाई उपस्थित हुन निर्देशन दिइएको छ ।
भारतसँग भएको २५ बुँदे वक्तव्यले नेपाललाई भुटानीकरण गर्न खोजेको, संघीयाको मर्मलाई समाप्त गर्ने गरी पञ्चायतकालीन इलाकाहरूलाई गाउँपालिकामा रुपान्तरण गर्ने सरकारको प्रतिगामी निर्णय, दैनिक उपभोग्थ्य सामानहरूको कृत्रिम अभाव, महंगी, कालोबजारी र यातायात क्षेत्रको सिण्डिकेटको विरोधमा धर्ना बस्न लागिएको नयाँ शक्ति पार्टीले जनाएको छ ।











प्रतिक्रिया