१ कार्तिक २०८३, शनिबार

होशियार! सामसुङ मोबाइलले ज्यान नै लिन सक्ला, नेपालमा लाग्यो प्रतिबन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samsung-galaxy-j7-2016-3

काठमाडौं, १३ असोज । सामसुङ मोबाइल सुरक्षाका दृष्टिले खतरा मानिएको छ ।

यसैकारण नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि जहाजभित्र सामसुङ मोबाइल लैजान प्रतिबन्ध लगाएको छ ।

यो मोबाइल जुनसुकै बेला पड्किन सक्ने भएकाले सुरक्षाको कारण दखाउँदै नागरिक उड्डयन प्राधिकरणले सामसुङ ग्यालेक्सी ७ मोबाइल फोन जहाजभित्र लैजान प्रतिबन्ध लगाएको हो ।

प्राधिकरणका एक अधिकारीका अनुसार यात्रु र समग्र उड्डयन क्षेत्रलाई सुरक्षित राख्न यो निर्णय गरिएको हो ।

प्राधिकरणको पत्र आएपछि यति र तारालगायतका सबै उडानमा सामसुङ मोबाइल बोक्न बन्देज गरेको यति एयरलाइन्सका बजार प्रबन्धक भीमराज राईले बताए ।

सामसुङ ग्यालेक्सी ७ पट्किन थाले पछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले यस अघि नै उक्त मोबाइल लैजान बन्देज लगाइसकेका छन् ।