१ कार्तिक २०८३, आइतबार

बाह्य हस्तक्षेपसँग जुध्न पाकिस्तान सक्षम: प्रधानमन्त्री शरीफ

22.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sarif-nawaz

काठमाडौं, १३ असोज । उरी आक्रमणपछि भारत र पाकिस्तानबीच तनाव उत्कर्षमा पुगेका बेला पाकिस्तानले बुधबार उच्चस्तरीय सुरक्षा बैठक आयोजना गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री नवाज शरीफले पाकिस्तानले विश्व शान्तिका लागि जबर्जस्ती त्याग गरेको कुराको विश्व सामुदाय साक्षी रहेको बताए ।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री शरीफले आफ्नो देश कुनै पनि आतंकवादी आक्रमण तथा बाह्य हस्तक्षेपसँग जुध्न सक्षम रहेको र जस्तोसुकै पस्थितिको सामना गर्न पनि आफ्नो देश तयार रहेको बताए ।

भारतले सिन्धु नदी रोक्ने भन्ने विषयमा बोल्दै शरीफले सिन्धु जल सम्झौता भारत र पाकिस्तानबीच आपसी सहमतिमा गरिएको र यसको मध्यस्थता विश्व बैंकले गरेको भन्दै यो सम्झौताबाट कुनै पनि देश एकतर्फी अलग हुन नसक्ने बताए ।