काठमाडौं, १३ असोज । दोहा कतारबाट उडान भरेको कतार एयरवेजको विमानले नामिबियाको राजधानी विन्डहोकस्थित अन्तर्राष्ट्रिय विमान स्थलमा आफ्नो पहिलो फ्लाइट अवतरण गरेको छ ।
कतार एयरवेजका चिफ कमर्शियल अफिसर डा. ह्युग डनलेभी र कतारका लागि नामिवियाका राजदूत ज्याफेटलसाकसहित उडान भरेको उक्त फ्लाइटको स्वागत नामिबिया टूरिजम बोर्डका प्रमुख कार्यकारी अधिकृत डिगु नाओबेब तथा साउथ अफ्रिकाका लागि कतारका राजदूत महामहिम सलेम अब्दुल्लाह सुल्टान अल जबरले गरेका हुन् ।
विन्डहोक कतार एयरवेजले सेवा प्रदान गरेको नामिबियाको पहिलो शहर हो । यहाँबाट बोइङ ७८७ ड्रिमलाइनरबाट हप्ताको चार पटक गनतब्य सम्मको सेवा प्रदान गरिने छ । दोहा स्थित कतार एयरवेजको स्टेट अफ आर्ट हब एण्ड होम हमाद अन्तरराष्ट्रिय विमान स्थलको माध्यमबाट नयाँ रुटले नामिबियाबाट १ सय ५० भन्दा बढी गनतब्यमा उडान भर्ने यात्रुलाई सेवा प्रदान गर्नेछ । कतार एयरवेजले सेवा प्रदान गर्ने विन्डहोक अफ्रिकाको २३औँ गन्तब्य हो ।
“हाम्रो सेवा सञ्जाल भित्र प्रिमियम लिजर तथा विजनेश गनतब्यका रुपमा अफ्रिकाको विन्डहोक थप गर्न पाउँदा हामी निकै प्रशन्न छौँ”, कतार एयरवेजका गु्रप चिफ एक्जेक्यूटिभ महामहिम अकबर अल बाकरले भने– “प्रमुख गनतब्यका रुपमा रहेको अफ्रिकामा हाम्रो ब्यवसाय बृद्धि तथा सेवा विस्तारको योजना अन्तर्गत नयाँ गनतब्यका रुपमा हामीले नामिबिया रोजेका हौँ ।”
नयाँ सेवा विस्तारका साथमा नामिवियाका जनतासँग आफ्नो सम्बन्ध थप सुदृढ र सुमधुर बनाउने कम्पनीको लक्ष्य रहेको बाकरले बताए ।
कतार एयरवेजको बोइङ ७८७ ड्रिमलाइनरमा दूई भिन्न क्याविन कन्फिगुरेशन रहेको छ । यस अन्तर्गत बिजनेश क्यालमा २२ सिट र इकोनोमी क्लासमा २ सय ३२ सिट सुविधा रहेको छ । फ्लाइटका हरेक सिटमा कम्पनीले ब्यक्तिगत टेलिभिजन स्क्रिनको ब्यवस्था गरेको छ । यो सुविधा अन्तर्गत इकोनोमी क्लासमा यात्रा गर्ने यात्रुका लागि १० दशमलव ६ ईञ्चको स्क्रिनको ब्यवस्था गरिएको छ । लेटेष्ट ईन फ्लाइट मनोरञ्जन सुविधा अन्तर्गत यात्रुका लागि यमसा नयाँ ब्लकबस्टर चलचित्रका ३ हजार विकल्प, टीभी बक्स सेट्स, संगीत, गेम्स लगायतको ब्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।
साथै, एयरलाइनको अनबोर्ड वाईफाई तथा जीएसएम सेवाको माध्यमबाट यात्रु आफ्ना साथी तथा परिवारसँग निरन्तर समपर्कमा रहन सक्ने सुविधापनि उपलब्ध रहेको छ ।
विन्डहोक–दोहा फ्लाइट सेडुअल
सोमबार, बुधवार, शुक्रवार र शनिवार
दोहा–विन्डहोक क्यूआर १३७३ प्रस्थान ः २ः४० अवतरन ः १०ः४०
विन्डहोक–दोहा क्यूआर १३७४ प्रस्थान ः १३ः२५ अवतरन ः २३ः१०
















प्रतिक्रिया