काठमाडौं, १३ असोज । स्वास्थ्यमन्त्री गगन थापाले अनसनरत डाक्टर गोविन्द केसीका माग पूरा गर्न सरकार लागिपरेको बताएका छन् ।
बिहीबार मन्त्रिपरिषद्को बैठकबाट बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री थापाले जति सक्दो छिटो चिकित्सा शिक्षा ऐन पारित गरेर त्यसैको आधारमा मेडिकल कलेजहरु सञ्चालन गरिने र चिकित्सा शिक्षा ऐन सकेसम्म बिहीबार नै पारित हुने सम्भावना रहेको जानकारी दिए ।
काँग्रेस युवा नेता समेत रहेका थापाले आजको मन्त्रिपरिषद्को बैठकले मनमोहन मेडिकल कलेज सम्बन्धि विधेयक फिर्ता लिने निर्णय गरेको बताए ।
हेर्नुस् भिडियोः
भिडियो सौजन्यः हाम्राकुरा डटकम ।












प्रतिक्रिया