१ कार्तिक २०८३, आइतबार

भारतीय र पाकिस्तानी सेनाबीच भीडन्त, दुई पाकिस्तानी सैनिक मारिए

36k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-army

काठमाडौं, १३ असोज । भारत र पाकिस्तानी सेनाबीच भीडन्त हुँदा दुई पाकिस्तानी सैनिक मारिएका छन् ।

कश्मिरको उरीमा १८ जना भारतीय सैनिक मारिने गरी भएको आक्रमणपछि दुई देशबीच युद्धको अवस्था उत्पन्न भइरहेका बेला जम्मु–कश्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) मा बिहीवार बिहान पाकिस्तान र भारतीय सैनिकबीच गोली हानाहान भएको पाकिस्तानी पत्रिका डनले जनाएको छ ।

समाचार अनुसार पाकिस्तानको इन्टर सर्भिसेस पब्लिक रिलेसन्सले भीडन्तमा दुई सैनिक मारिएको पुष्टि गरेको छ । एलओसीमा भारतीय र पाकिस्तानी सैनिकबीच बिहीवार बिहान अढाई बजेदेखि आठ बजेसम्म गोली हानाहान भएको थियो ।

यता भारतले भने पाकिस्तानी भूमिमा प्रवेश गरेर ‘आतंकवादी’लाई मारेको बताएको छ ।