काठमाडौं । ‘मिस मंगोल नेपाल–२०१६’ को ताज काठमाडौं निवासी प्रीति गुरुङले जितेकी छन् ।
आर्मी अफिसिर्यस क्लवमा सम्पन्न प्रतियोगितामा स्नातक अध्ययनरत पाँच फिट चार इञ्च अग्ली प्रीतिले उपाधिसँगै एक लाख रुपैयाँ पुरस्कार पनि हात पारेकी हुन् ।
उनले मिस पब्लिक च्वाइसको उपाधीसमेत हात पार्न सफल भइन् । सिंगापुर इन्टरप्राइजेजको शीर्ष प्रायोजनामा भएको प्रतियोगितामा २५ युवती अन्तिम प्रतिष्पर्धामा उत्रिएका थिए ।
जसमा धनकुटाकी बरुना राई र दैलेखकी योजना थापामगर क्रमशः फस्ट रनरअप र सेकेण्ड रनरअप घोषित भए । योजनाले मिस ट्यालेन्टको उपाधी पनि हात पारिन ।















प्रतिक्रिया