३० कार्तिक २०८३, सोमबार

सुशीललाई हटाउन एमाले पनि सहमत !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

susil-gyawali-9काठमाडौं, १३ असोज । क्षमताभन्दा बढी जिम्मेवारी दिएको भन्दै एमालेभित्रै भूकम्प प्राधिरकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीलाई हटाउन एमालेमा पनि कुराकानी चलेको छ । दुई वर्ष वित्नै लाग्दासमेत ज्ञवालीले भूकम्पपीडितका नाममा कुनै पनि सिन्को भाँच्न नसकेपछि एमालेमा उनको आलोचना सुरु भएको हो ।

ज्ञवालीका विषयमा अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरूले केही टिप्पणी नगरेपनि दोस्रो तहका नेताहरूले आलोचना थालेका हुन् । दोस्रो तहका नेताहरूले एमालेलाई ज्ञवालीले ठूलो धोका दिएको आरोप लगाउन थालेका हुन् । कार्यकारी निर्देशक ज्ञवालीले भूकम्पपीडितका पक्षमा कुनै पनि ठोस काम गर्न नसकेको एमालेका एक शीर्ष नेताले बताए । ज्ञवालीले काम भन्दा पनि गफ धेरै दिने गरेको एमाले नेताहरूको आरोप छ ।

कार्यकारी निर्देशक ज्ञवालीले एनजिओलाई भित्राएर काम दिएको तथा एमालेले अहिलेसम्म आर्जन गरेको राम्रो कार्यमा दाग लगाएको आरोप छ । हुन पनि कार्यकारी निर्देशक ज्ञवालीले एनजिओलाई काम दिएर करोडौँ कुम्ल्याएको आरोप एमालेकै नेताहरूको छ ।

कार्यकारी निर्देशक ज्ञवालीले राम्रो काम गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई हटाउन कुटनीतिक प्रयास थालेका छन् ।

ज्ञवालीलाई हटाउन माओवादी केन्द्र र नेपाली कांग्रेस सहमत भइसकेका छन् । छिट्टै ज्ञवालीलाई हटाउने प्रधानमन्त्रीको तयारी छ । यसलाई एमालेले पनि मौन साथ दिएको छ ।

कार्यकारी निर्देशक ज्ञवालीले आजकाल एमालेका पक्षमा भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा धेरै काम गर्ने गरेको एमालेकै नेताहरूको आरोप छ ।

ज्ञवालीले गाउँमा हुने साधन स्रोतलाई प्रयोग गरेर भूकम्प प्रतिरोधात्मक घर बनाउने विषयमा कुनै पनि तयारी गरेका छैनन् । उनले तयार पारेका घर सबै सिमेन्छ, इट्टा, ढुङ्गा र सिमेन्टेड छन् । ग्रामीण भेगका घरमा यी घर बनाउन सम्भव छैन । र सरकारले दिएको अनुदान रकमले पनि घर बन्ने कुनै सम्भावना छैन ।

यो बुझेको एमाले तथा कांग्रेस र माओवादी केन्द्रले ज्ञवालीलाई हटाउन भित्रभित्रै तयारी गरेको उच्च स्रोतको भनाइ छ । एमालेले ज्ञवालीका विषयमा सामान्य बचाउ गरेपनि खुलेरै बचाउन गर्ने पक्षमा छैन ।