काठमाडौं, १२ असोज । सस्तोडिल डटकमले दशैँको अवसरमा आफ्ना समस्त उपभोक्ताहरुका लागि ‘ग्रेट दशैँ जेन्यून सेल’ योजना सार्वजनिक गरेको छ ।
योजना अन्तर्गत उपभोक्ताले www.sastodeal.com मार्फत विभिन्न सामग्रीको खरिद गर्दा ७०% सम्मको नगद बचत गर्ने अवसर प्राप्त गर्नेछन् । योजना सेप्टेम्बर ३० देखि अक्टोबर ३ सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ४ दिनसम्म चल्ने उक्त योजना www.sastodeal.com को हालसम्मकै सबैभन्दा ठूलो सेल हो ।
सेल अन्तर्गत सीजी, एलजी, रक पोर्ट, कलर्स, द बडी शप, भ्यान्स, बोसिनी लगायत २ सय भन्दा बढी ब्राण्डमा छुटको ब्यवस्था गरिएको छ । साथै, उपभोक्ताले योजना अन्तर्गत क्लोदिङ् देखि ईलेक्ट्रोनिक्ससम्मका २० हजार भन्दा बढी उत्पादन माझबाट आफ्नो रोजाइ तथा आवश्यकताका सामग्रीको छनोट गर्नसक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको वेभसाइट www.sastodeal.com मा लगइन गरी उपभोक्ताहरु योजनाबाट लाभान्वित हुन सक्नेछन् ।















प्रतिक्रिया