
काठमाडौं, १२ असोज । राजधानीमा बुवासँग दोस्ती गरी छोरीको बलात्कार गर्ने एक युवकलाई पक्राउ गरिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा काठमाडौ महानगरपालिका–३ बाँसबारी बस्ने खोटाङ घर भएका २६ वर्षीय नबिन भन्ने घनश्याम अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।
अर्यालले सिन्धुपाल्चोक स्याउले–८ घर भई बुढानिलकण्ठ नगरपालिका–५ पासीकोटस्थित खाली जग्गा भाडामा लिई छाप्रोमा परिवारसँग बस्दै आएकी ११ वर्षीया बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको बताइएको छ ।
बालिकाको बुवासँग ज्यामी काम गर्दै आएका अर्याल सोमबार बालिकालाई लिन विद्यालयमा गए पश्चात् शिक्षकहरुलाई शंका लागी मंगलबार बालिकासँग सोधपुछ गर्दा अर्यालले आफुलाई पटक पटक करणी गरेको भनी बताएकी थिइन् ।
तत्काल फरार रहेका अर्याललाई प्रहरीले पेप्सीकोलाबाट पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया