काठमाडौं, १२ असोज । नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको पावन अवसरमा काठमाडौं मलले छुट योजना सार्वजनिक गरेको छ ।
सो मलमा खरिद गर्न आउने सम्पूर्ण ग्राहकलाई ३० प्रतिशत छुट दिने घोषणा काठमाडौ मल ब्यापार संघले घोषणा गरेको छ ।
काठमाडौं मलले दशै तिहार तथा छठको उपलक्ष्यमा ग्राहकलाई सामान खरिद गर्दा ३० प्रतिशत छुटको ब्यवस्था गरेको ब्यापार संघका अध्यक्ष समिर उद्धिन सेखले जानकारी दिनुभयो । ग्राहकहरुलाई उपहारको नाममा भुलभुलैयामा नराखी गुणस्तरीय सामान उचित मुल्यमा छुट सहित उपलब्ध गराउने योजना रहेको उहांको भनाई छ ।
ग्राहक हरुलाई केही समय पछि उपहार दिन्छु भन्दै ब्यापार ब्यवसाय गर्ने प्रबृत्तीलाई निरुत्साहित गर्दै ग्राकहलाई प्रत्यक्ष सोवा गर्ने उदेश्य सहित छुटको योजना ल्याइएको उहांले जानकारी दिनुभयो ।
ब्यापार संघले ग्राक बर्गको हित र सन्तुष्टीलाई मध्यनजर राख्दै छुटको अफर राखेको हो । यसपालीको किनमेल काठमाडौ मलमा भन्ने नारा सहित ल्याइएको बताएको छ ।
















प्रतिक्रिया