१ कार्तिक २०८३, आइतबार

भारतपछि बंगलादेश र भुटानले सार्क सम्मेलन बहिष्कार गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sarc-sumbit-1

काठमाडौं, १२ असोज । भारतपछि बंगलादेश र भुटानले पनि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्कको) १९ औं शिखर सम्मेलनमा भाग नलिने घोषणा गरेका छन् ।

नोभेम्वर ८–१० गतेसम्म पाकिस्तानको इश्लामावादमा हुन लागेको सार्क सम्मेलनमा यसअघि मंगलबार भारतले सहभागी नहुने बताइसकेको छ ।

भारतले भाग नलिने घोषणा गरेको एक दिन नबित्दै बंगलादेश र भुटानले पनि सम्मेलनमा भाग नलिने बताएका हुन् ।

भारतीय पत्रिका हिन्दूतास्तान टाइम्सका अनुसार अब ढाकाले पनि सार्कको अध्यक्ष रहेको नेपाललाई ‘बंगलादेशमा एउटा देशको हस्तक्षेप बढी रहेको’ भन्दै सम्मलेनमा भाग लिन नसक्ने जनाएको छ ।

त्यस्तै भुटानले पनि सुरक्षा स्थितिबारे चाँसो व्यक्त गर्दै अहिलेको स्थितिमा सम्मेलनमा भाग नलिने जानकारी दिएको दाबी गरिएको छ ।

दुवै देशले मंगलबार नै नेपाललाई सम्मेलनमा भाग लिन नसक्ने जानकारी गराएका छन् ।