१ कार्तिक २०८३, आइतबार

भारतका कारण सार्क सम्मेलन प्रभावित, मोदी इस्लामाबाद नजाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nawaz-sarif-modiकाठमाडौं, १२ असोज । भारतका कारण पाकिस्तानको इलामाबादमा आगामी महिना हुने भनिएको १९औँ सार्क सम्मेलन नहुने भएको छ ।

भारतले इस्लामाबादमा हुन लागेको १९ औ‌ं सार्क सम्मेलनमा भाग नलिने जनाएपछि सम्मेलन अनिश्चित बनेको हो ।

सार्कको वर्तमान अध्यक्ष राष्ट्र नेपाललाई यसबारे भारतले मंगलबार जानकारी गराएको जनाइएको छ ।

भारतद्वारा जारी विज्ञप्तिमा भनिएको , ‘सीमाक्षेत्रमा भइरहेका आतंककारी गतिविधि बढिगएको तथा एउटा राष्ट्रले छिमेकी राष्ट्रहरुको आन्तरिक मामिलामा गरिरहेको हस्तक्षेपको पृष्ठभूमिमा सफलतापूर्वक सार्क सम्मेलन सम्पन्न गर्ने वातावरण छैन ।’

भारत र पाकिस्तानबीच बढ्दो तनावका कराण त्यसको प्रत्यक्ष प्रभाव सार्क सम्मेलनलाई परेको छ ।

भारतको काश्मिर प्रान्तमा हिंसात्मक घटना बढ्दै जाँदा भारतले पाकिस्तानमाथि आतंककारीहरुलाई सघाएको आरोप लगाएको छ ।