१ कार्तिक २०८३, आइतबार

पाकिस्तानले मोदीलाई यसरी दियो खुला चेतावनी, भारतको दबाबमा नझुक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narendra-modiइस्लामाबाद, १२ असोज । पाकिस्तानका विदेश सचिव एजाज चौधरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको पछिल्लो अभिव्यक्तिले अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै आपत्ति प्रकट गरेका छन् । उनले पाकिस्तानका विषयमा मोदीले नचाहिँदो टिप्पणी गरेर आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको बताएका हुन् ।

चौधरीले भारतीय प्रधानमन्त्री मोदीले अन्य देशको आन्तरिक मामिलामा संयुक्त राष्ट्र र अन्तर्राष्ट्रिय सम्झौता विपरित अभिव्यक्ति दिएको भन्दै यस्ता अभिव्यक्ति नदिन कडा चेतावनी दिएका छन् । पाकिस्तानी विदेश सचिव एजाज चौधरीले टिभी च्यानल डन न्यूजलाई दिएको अन्तर्वार्तामा भारतको हरहेक गतिविधिको आलोचना गरेका हुन् । उनले आगामी दिनमा पाकिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजे भारतलाई त्यसको कडा जवाफ दिने चेतावनी दिएका छन् ।

नरेन्द्र मोदीले शनिबार केरलमा पाकिस्तानलाई आतंकवादी देश भन्दै त्यसलाई अलग–थलग गर्ने चेतावनी दिएका थिए । त्यस लगत्तै पाकिस्तानका विदेश सचिवले कडा प्रतिवाद गरेका हुन् ।

विदेश सचिव चौधरीले कश्मीर विवादसँग सम्बन्धित संयुक्त राष्ट्रको प्रस्तावमा पाकिस्तान र भारतलाई एक–एक पक्ष मानिएको छ ।

‘पाकिस्तानको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्नुको कुनै औचित्य छैन’, पाकिस्तानी विदेशी सचिव चौधरीले भनेका छन्, ‘शीर्ष राजनीतिकस्तरबाट पाकिस्तानविरुद्ध अभिव्यक्ति आउनु खेदजनक छ ।’ उनले पाकिस्तान आफै पनि आतंकवादको चपेटामा रहेको र त्यसले पीडा दिइरहेको समेत उल्लेख गरेका छन् ।

भारत–पाकिस्तानवीचको बढ्ढो तिक्ततालाई विश्वले नियाली रहेको छ । दुई देशका प्रधानमन्त्रीले समेत आन्तरिक विषयमा सार्वजनिक रुपमा टिकाटिप्पणी गर्न थालेका छन् । विशेष गरेर भारतको मिचाह प्रवृत्तिको पाकिस्तानले जोडदार रुपमा प्रतिकार गर्दै आएको छ । पाकिस्तान यस पटक भारतको धम्कीबाट डराएर पछाडि हट्ने अवस्थामा देखिएको छैन । – एजेन्सी