१ कार्तिक २०८३, आइतबार

प्रेमध्वज र केञ्जुमाको नयाँ गीत सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prem-dhoj-pradhan-song-release1-1

काठमाडौं । उमेरले आठ दशक पुगेका अग्रज गायक प्रेमध्वज प्रधानको नयाँ गीत ती आँखामा को छ….आएको छ । यो गीतको राजधानीमा सोमबार एक समारोहबीच सार्वजनिक गरियो ।

अहिलेका पुस्तासँग गीत गाउँदा पाउँदा खुसी लागेको गायक प्रधानले आफ्नो गीत सार्वजनिक समारोहमा बताए । सरल र मिठास गीत पाएमा आउँदा दिनमा अझै गीत रेकर्ड गराउने योजना पनि उनले सुनाए ।

यो गीतका रचनाकार डब्बु क्षत्रीले भने, ‘उहाँका गीतबाट म स्कुले जीवनबाटै प्रेरित थिएँ । आज उहाँले मेरो गीत गाउनुहुँदा गीत लेखनमा एउटा ठुलो सफलता मिलेको महसुस भएको छ ।’

यो गीत प्रेमध्वज प्रधान र केन्जुमा सुब्बाको स्वरमा रहेको छ । अग्रज गायक प्रधानसँग युगल गाउँन पाउँदा धेरै कुरा सिक्ने अबसर पाएको गायिका सुब्बाले बताए । यो गीतका सँगीतकार जुगल डँगोलले यस्ता अग्रज श्रष्टाको स्वरमा सँगीत दिन पाउँदा अझ हौसला बढेको बताए ।

यो गीतको भिडियो पनि सोही कार्यक्रममा सार्वजनिक गरियो । भिडियोलाई एसियन म्युजिकले आफ्नो यु ट्युव मार्फत सार्वजनिक गरेको छ ।

मोहनराज अधिकारीले निर्देशन गरेको सो भिडियोमा विकाश लामिछाने र बिनिता ओलीले अभिनय गरेका छन् । अमृत सुनुवारको छायाँकन रहेको यो गीतको भिडियोलाई माधव वेलवासेले सम्पादन गरेका हुन् ।