काठमाडौं, ११ असोज । धादिङको उत्तरी गाविस मार्पाकमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । ज्यान गुमाउनेहरुमध्ये ११ जनाको सनाखत भएकोे छ ।
दुर्घटनामा १७ जनाको घटनास्थलमा नै ज्यान गएको र १ जनाको उपचारका क्रममा शिक्षण अस्पताल महराजगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा रहेका प्रहरी जवान जवाहरलाल शाहका अनुसार मृत्यु हुनेहरुमा रौता तामाङ, राम चन्द्र सापकोटा, लुद्रबहादुर घले, टेकबहादुर तामाङ, पाँच वर्षिय बालक रावण तामाङ, उनकी आमा श्रीमाया तामाङ, कमला पौडेल, दिलमाया अधिकारी, मनजी जोंग तामाङ, रोङसिंह तामाङ र बस चालक गंगाबहादुर विक रहेका छन् ।
















प्रतिक्रिया