बुटवल, ११ असोज । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले संविधान कार्यान्वयन र सङ्क्रमणकालको सहज व्यवस्थापनमा दलहरु एक भएर लाग्नुपर्ने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता विष्टले संविधान संशोधनको हावादारी कुरा नगर्न सत्ता पक्षलाई आग्रह गर्नुभयो ।
उहाँले संविधान संशोधनका नाममा प्रदेशको सीमा फेरबदल गर्ने, तराई र पहाडका जिल्लालाई अलग/अलग गर्ने भन्ने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
जुनसुकै स्वार्थ र जुनसुकै उद्देश्यले आएको कुरा भए पनि यो लुम्बिनी– राप्ती र समग्र पाँच नं प्रदेशवासी कसैले पनि मान्ने कुरा होइन नेता विष्टले भन्नुभयो “जनमत र जनआकाङ्क्षा विपरीत जाने छुट कसैलाई पनि छैन ।”
नेता विष्टले पाँच नं प्रदेशका तराई र पहाडका जिल्लालाई टुक््रयाउने गरी सरकारले संविधान संशोधनको प्रस्ताव ल्यायो भने आफूहरुले कडा प्रतिवाद गर्ने र यस क्षेत्रका जनता पनि सडकमा उत्रिने चेतावनी दिनुभयो । रासस















प्रतिक्रिया