१ कार्तिक २०८३, आइतबार

प्रेमध्वजको ‘ती आँखा’मा विकास र विनीता (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

music

काठमाडौं । ‘पर लैजाउ फूलहरु’ ‘घुम्तीमा नआउ है’ जस्ता हिट गीतहरुमा आफ्नो स्वर दिएका वरिष्ठ गायक प्रेमध्वज प्रधानले झण्डै एक दशकपछि आफ्नो स्वर रेकर्ड गराएका छन् ।

गायक प्रेमध्वजले जुगोल ढंगोलको संगीत तथा एरेञ्ज, डब्बु क्षेत्रीको शब्द रहेको ‘ती आँखामा’ बोलको गीतमा स्वर दिएका हुन् । प्रेमध्वजलाई केञ्जुमा सुब्बाले गायकीमा साथ दिएकी छिन् । मोहनराज आचार्यको निर्देशनमा बनेको भिडियोमा मोडलद्वाय विकास लामिछाने र बिनिता वली फिचरिङ छन् ।

भिडियोमा अमृत सुनुवारको छायाँकन र माधव बेलवासेको सम्पादन रहेको म्युजिक भिडियो आकर्षक बनेको छ । सोमबार राजधानीमा प्रेसमिट गर्दै उक्त भिडियोलाई बजारमा ल्याइएको हो ।

हेर्नुस् भिडियोः