२ कार्तिक २०८३, सोमबार

सानिमा क्यापिटल लिमिटेडको उद्घाटन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanima

काठमाडौं, १० असोज । सानिमा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित सानिमा क्यापिटल लिमिटेडले सोमवार नारायणचौर, नक्सालस्थित कार्यालयको उद्घाटन गरेको छ ।

यस क्यापिटलको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्की र सानिमा बैंकका ब्राण्ड एम्वेष्डर मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (महजोडी) ले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरि विधिवत रुपमा गर्नुभएको थियो ।

सोहि अवसरमा धितोपत्र बोर्डका अध्यक्ष कार्कीले सानिमा क्यापिटलको उत्तरोत्तर प्रगतिको शुुभकामना ब्यक्त गर्नुभयो ।

त्यसै गरि प्रमुख अथिती कलाकारहरु मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले बधाई तथा शुुभ कामना ब्यक्त गर्नुुभयो । साथै सर्वसाधारणमा मर्चेण्ट बैंकिङ्गले प्रदान गर्ने सेवातथा सुुविधाहरुको बारेमा जन–चेतना अभिवृद्धि गर्दै समग्र धितोपत्र वजारको वारेमा सचेतना कार्यक्रम सञ्चालन गनृुुपर्नेमा जोड दिनुभयो ।

सानिमा बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठले शुभकामना मन्तब्य दिनु भएको उक्त समारोह सानिमा क्यापिटलका अध्यक्ष भुवन दाहालले धन्यवाद ज्ञापन गर्दै समापन गर्नु भएको थियो ।