काठमाडौं, १० असोज । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसलाई ‘टन्न घाँसकुँडो खाएको भैसी’को संज्ञा दिएका छन् ।
सोमबार राजधानीमा आयोजित एमाले ३ नं. प्रदेशको भेलामा अध्यक्ष ओलीले नेपाली काँग्रेसले के खायो थाहा छैन, तर टन्न घाँसकुँडो खाएर उग्राएको भैंसी जस्तै केही मतलब नराखेर बसेको बताए । उनले प्रश्न गर्दै भने- ‘काँग्रेसको राष्ट्रिय नीति के हो ? छिमेकी निति के हो ? भइरहेका काममा काँग्रेसको दृष्टिकोण के छ ?’
काँग्रेसले ठूलो दलको हैसियतले जिम्मेवार बन्नुपर्नेमा डम्म परेर बसेको तर केही नबोलेको, देशमा केही भएकै छैन जस्तोे गरेको उनको आरोप छ ।












प्रतिक्रिया