३० कार्तिक २०८३, सोमबार

सभामुखसहित प्रमुख तीन दलको बैठक बस्दै, सभापति चयनबारे छलफल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १० असोज । सभामुख ओनसरी घर्तीले प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बोलानु भएको छ ।

सिंहदरबारस्थित संसद सचिवालयमा बिहान ११ बजेपछि बस्ने बैठकमा रिक्त रहेका संसदीय समितिहरूका सभापति चयन र ऐन कानूनहरू संशोधन प्रक्रियालगायतका विषयमा छलफल हुनेछ ।

लेखा समितिका सभापति जर्नादन शर्मा र कृषि समितिका सभापति गगन थापा मन्त्री बनेपछि ती समितिहरू रिक्त छन् ।

प्रमुख दलहरूवीच आज सहमति भएमा लेखा र कृषि समितिका सभापति छिट्टै चयन गरिनेछ ।

बैठकमा विभिन्न कानून र ऐन संशोधनलाई कसरी छिटो अगाडि बढाउने विषयमा पनि छलफल हुने बुझिएको छ ।