काठमाडौं, १० असोज । चर्चित बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
ललितपुरको बज्रबाराहीस्थित फूलबारी पार्टी प्यालेसमा शनिबार भएको साधारण सभामा एपेक्स बैंकका प्रमुख विष्णु प्रसाद धितालले सहकारीको गरिमा र अस्तित्व बचाउनका लागि प्रसासन चुस्त बनाउनु पर्ने बताए ।
उनले हुने खानेका लागि भन्दा हुँंदा खानेका लागि सहकारीले आफ्नो सेवा पुगाउनु पर्नेमा जोड दिदैं मुलुकको विकासका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताए ।
मुलुकको अग्रगमनका लागि आर्थिक क्रान्ति जरुरी भएको स्पष्ट पार्दै सबैको चाहना समुन्न नेपाल भएको बताए ।
राष्ट्रिय सहकारी बैंक मुख्य शाखा कार्यालय प्रमुख युवराज पाण्डेले आर्थिक सशक्तिकरणका लागि सहकारीको भूमिका महत्वपूर्ण भएको बताए ।
उनले सहकारीले पालना गर्नु पर्ने अनुशासन र मर्यादाका बारेमा बताउँंदै आर्थिक पारदर्शिता र सेयर सदस्यहरुलाई दिने सुविधा महत्वपूर्ण भएको स्पष्ट पारे ।
जिल्ला बचत संघ ललितपुरका उपाध्यक्ष जगत महर्जनले सहकारीले जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउँंदै बैंक पुग्न नसकेको ठाउँं सहकारीले सेवा प्रदान गरिरहेको प्रष्ट पारे ।
सहकारीको विस्तारले विश्वका धेरै अल्पविकसिक मुलुक विकसित भएको बताए । संस्थाका अध्यक्ष किरण महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले आगामी दिनमा कृषिमा लगानी विस्तार गर्ने बताए ।
संस्थाका कोषाध्यक्ष कृष्णचन्द्र महर्जनले किसान र महिला सहकारीको लक्षित वर्ग भएको बताउँंदै जनताको आर्थिक स्तर उकास्ने प्रमुख उद्देश्य भएको बताए ।















प्रतिक्रिया