२ कार्तिक २०८३, सोमबार

सिटिभी मोबाइलको दशैं तिहार बम्पर उपहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ctvकाठमाडौं, ९ असोज । लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबार तथा ६० मिनट केयर सर्भिसबाट ख्याती कमाएको सिटिभी मोबाइलले आफ्नो आउटलेटबाट मोबाइल खरिद गर्ने ग्राहकका लागि दशैंतिहार बम्पर उपहारको योजना ल्याएको छ ।

यो योजनामा सहभागि हुने ग्राहकहरुले ताम्राकार कम्प्लेक्सको पसल नं ११३, दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल, चाबहिलस्थित केएल टावरमा रहेको सिटिभी लिंक इलेक्ट्रोनिक्स र सिटिसीमलमा रहेको द वल्र्डभिजनबाट मोबाइल खरिद गर्नुपर्नेछ

दशैं तिहार बम्पर उपहार सँगै आफ्ना आउटलेटबाट एलजीको एल ६० मोबाइल खरिद गर्दा अर्को एक मोबाइल उपहार स्वरुप प्रदान गरिरहेको छ । स्टकमा रहेका कतिपय मोबाइल ५० प्रतिशत सम्म छुट गरिरहेको सिटिभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

असोज ७ गतेबाट मंशिर ७ गतेसम्म आफ्ना आउटलेटबाट मोबाइल खरीद गर्ने ग्राहकहरुवीच लक्कि ड्र गरि प्रथम हुने एकजनालाई यामाहा कम्पनीको फसिन स्कुटर, दोस्रो हुने एकजनालाई ४२ इन्चको सामसङ टिभी, तेस्रो हुने एकजनालाई हुवावेको पि ९ मोबाइल प्रदान गर्ने भएको छ ।
सान्त्वना पुरस्कारमा हुवावे, सामसुङ, ओप्पो, युएमआई, जियोनी, कलर्श, पानासोनिक, एलजी, सिजी, इन्टेक्स, एमआई, लेनेभो, सोनी, जेटइ, मिजु, माइक्रोसफ्ट मोबाइल कम्पनीका मोबाइल बितरण गरिने छ ।
यसका साथै आफ्ना आउटलेटबाट छुटको अफर, एक्सचेन्ज अफर, ६० मिनेट केयर सर्भिसको फाइदा लिन सिटिभी मोबाइलले आग्रह गरेको छ ।

सिटिसी मोबाइल बजारमा जारी मोबाइल एक्स्पोमा पनि यो अफर लागूहुने बताउँदै द वल्र्डभिजन प्रालिका प्रबन्ध निर्देशक संगम राइले मेलामा दिइएको बिभिन्न अफरको अलावा आफ्नो आउटलेटबाट ग्राहकले अन्य छुट प्राप्त गर्न सक्ने जानकारी दिए ।