१ कार्तिक २०८३, आइतबार

सेल्फी गर्ल टीका प्रसाईं भन्छिन- ‘परें माया जालैमा’

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cover1

काठमाडौं । नेपाली साँगितिक फाटमा एक उदियमान गायिका टीका प्रसाईंको नयाँ गीत ‘परें माया जालैमा’ को भीडियो सार्वजनिक भएको छ ।

उदय सोतांगको शब्द तथा संगीत रहेको ‘मेलोडी’ एल्बममा समावेश उक्त गीतको भिडियो छायांकन अमेरीकाको विभिन्न रमणिय स्थानहरुमा गरिएको हो । चर्चित निर्देशक प्रसन्न पौड्यालले निर्देशन गरेको भिडियोमा शिवानी विश्वकर्माको उत्कृष्ट अभिनय देख्न पाईन्छ ।

‘सेल्फी को जमाना’ गीतबाट चर्चा बटुल्न सफल भएकी गायिका टीका प्रसाईंको ‘तिमी भन्छौ भने’, ‘नतोडन ती बाचाहरु’ ‘आफ्नो मान्छे आँफै सित’ लगायत अरु थुप्रै गीतहरु यस अघि नै सार्वजनिक भईसकेका छन् ।

आफ्नो साँगितिक जीवनमा उनले एक सय भन्दा बढी गीतहरुमा आफ्नो सुमधुर आवाज दिईसकेकी छिन् । जसमध्ये केहि हफ्ता अघि मात्रै सार्वजनिक भएको गायक सन्जीव पराजुली र उनको आवाजमा रहेको युगल गीत ‘तिमी मलाई मन पर्छ’ले अत्यधिक सफलता पाएको छ ।

हेर्नुस् भिडियोः