लन्डन, ९ असोज । चोटका कारण आफ्नो स्टार स्ट्राइकर लिओनल मेसी तीन साताका लागि उपलब्ध नहुने भएपछि बार्सिलोनाले शनिबार स्पोर्टिङ गिजोनविरूद्ध कस्तो प्रदर्शन गर्ला भन्ने कौतुहलता थियो । किनभने अंक तालिकामा बार्सिलोनालाई पछ्याइरहेको गिजोन आफ्नै घरेलु मैदानमा लुइस एनरिकको टोलीलाई आतिथ्य गर्दै थियो ।
लुइस सुआरेजले २९ र राफिन्हाले ३२ मिनेटमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै २–० को अग्रता लिएको थियो ।
दोस्रो हाफमा लयमा फर्किएको गिजोनको दुर्भाग्य त्यतिबेला सुरु भएको थियो, जब लोरा ७४ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदान छोड्न विवश भए ।
यसपछि नेइमारले ८१ र ८८ गरि ७ मिनेटभित्रै दुई गोल गरेपछि गिजोनको खेलमा फर्किने सम्भावना समाप्त भएको थियो ।
१० खेलाडीमा सिमित गिजोनविरूद्ध अन्तिम ९ मिनेटमा बार्सिलोनाले ३ गोल थपेको थियो। जसमा नेइमारको २ बाहेक टुरानले ८५ मिनेटमा गोल थपेका थिए । जितसँगै बार्सिलोनाले ६ खेलमा १३ अंक बटुलेको छ । – एजेन्सी















प्रतिक्रिया