१९ कार्तिक २०८३, बिहिबार

मेलम्चीको खानेपानी छिट्टै भित्र्यउनुहोस्

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

melamchi

बनेपा, ८ असोज । मेलम्चीमा कलकल पानी बगिरहेको छ, आसपासका डाँडाबाट झरना झरेको छ । प्राकृतिक सुन्दरताले छपक्कै ढाकेको मेलम्चीलाई सांसद शेरबहादुर तामाङले ‘चिटिक्क परेकी बेहुलीको’ उपमा दिनुभयो ।

राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनमा जानुभएका प्रधानमन्त्री पुष्पकमल दाहालको अनुगमनपछि आयोजित कार्यक्रममा उहाँले उक्त उपमा दिनुभएको हो ।

“हामी मेलम्चीलाई छिट्टै डोलीमा राखेर अन्माउन तयार छौँ तर हाम्रा पनि केही सर्त छन्”–सांसद तामाङले भनिरहँदा ड्यासमा बसिरहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल भने मुसुमुसु हाँसिरहनुभयो ।

सम्बोधनका क्रममा सासंद तामाङले प्राकृतिक सुन्दरताको वर्णन गर्दै मेलम्चीको खानेपानी छिट्टै भित्र्यउनुहोस् तर स्थानीय जनतालाई यसको रोयल्टी कम्तिमा प्रतियुनिट रु पाँच दिनोस, सके बढी नै दिनोस् भन्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधनका क्रममा भन्नुभयो, “म तपाईंहरुले माग गरेभन्दा बढी नै रोयल्टी दिन प्रयत्न गर्नेछु ।”

विडम्बना मेलम्चीको खानेपानी आयोजनामा पुग्ने प्रवेशद्वार वा सडकको अवस्था जीर्ण रहेको छ । ग्राभेलिङ गरेको, खाल्डाखुल्डी भएको र ठाउँठाउँमा गएको पहिरोले सडकलाई कुरुप बनाएको छ । तर पनि काठमाडौँका लागि खानेपानी पु¥याउन त्यहाँको जनशक्ति पूर्णरुपमा लागिपरेको छ ।

सो खानेपानी आयोजनाअन्र्तगत मेलम्ची, याङ्गरी र लार्के नदीलाई डाइभर्सन गरी सुरुङको माध्यमबाट दैनिक ५१ करोड लिटर खानेपानी काठमाडौँ भित्र्याउने लक्ष्य राखिएको आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिनुभयो । रासस