
पाँचथर, ८ असोज । जिल्ला खेलकुद बिकास समिति पाँचथरले खेल समाचार बिकासमा सहयोग पुर्याएको भन्दै अग्रज पत्रकार कृष्ण ओझा लगायत पाँच जना सञ्चारकर्मीलाइ शुक्रबार सम्मान गरेको छ ।
बृहत सातौं राष्ट्रिय खेलकुद २०७३ अन्र्तगत पाँचथर जिल्लास्तरीय जिल्लाछनौट प्रतीयोगीताको उद्यघाटन मा १५ जना खेलाडी सहित छ जना पत्रकारलाई सम्मान गरीएको हो ।

सम्मानित सञ्चारकर्मीहरुमा क्रियासिल यूवा पत्रकार द हिमालयन टाईम्सका सम्बाददाता लक्ष्मी गौतम, खोरखा पत्रकार नारायण तूम्वापो, नेपाल समाचारपत्रका गणेश राई, नागरिक दैनिकका गिरीराज बाँस्कोटा, दैनिक नेपाल डटकम अनलाइनका कृष्ण ओझालाई प्रमुख जिल्ला अधिकारी किरण थापाले समारोहमा दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन ।
त्यस्तै खेल तर्फ राष्ट्रिय स्तरीयक्षेत्रमा खेलबाट नाम राख्ने र योगदान पूर्याएका वल थापा, हरी प्रकास सूवेदी, अञ्जू कामवाङ, लगायत १५ नजा बिभिन्नबिधाका खेलपारखिहरुलाइ प्रमाण पत्र र दोसल्हाले सम्मान गरीएको छ ।
पाँचथरमा २०४१ साल देखि खेलकूद बिकास स्थापना भइ खेल बिकासमा लागेको पाइन्छ । बृहत सातौं राष्ट्रिय खेलकूद २०७३ अन्र्तगत पाँचथर जिल्लास्तरीय जिल्लाछनौट प्रतीयोगीतामा १३० जना छनोट भइ सकेका छन ।

छनौट हूने कताँते, ताइकन्डू, भलिबल, महिलापूरुष, टेवलटेनिस, ब्यमडबिटन महिला पूरुष, टेवलटेनिस महिला पूरुष, बूद्धिचाल, फुलकाँता कराँते लगायतमा प्रतीयोगी छानीने खेल अध्यक्ष बाबा मेन्याङवोले बताइन ।
मेन्याङवो गाउगाउको टूनामेन्टमा अग्रसरता र खेलबिकासमा आहोरात्र खटेको खेलाडीहरुले बताएका छन । खेलकूद समीतिका अघिल्ला अध्यक्षहरुले काम गर्न बाँकी रहेका सूथागत बिकास लगायत कामहरुलाइ पूरागरेको पाईन्छ ।
अध्यक्ष मेन्याङवोले खेलजगतलाइ राजनैतीक आक्षेप लगाएको प्रती दूख ब्यक्त गरेकी छन ।












प्रतिक्रिया