– हरि अधिकारी
कपिलवस्तु, ७ असोज । कपिलवस्तुमा वाणगंगा नदीले बगाउदा २ जना महिलाको मृत्यु भएको छ ।
अस्पतालमा आफन्त विरामीलाई भेटेर घर फर्कदा गएराति वाणगंगा नदी तर्ने क्रममा २ नन्द भाउजुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख विष्णु पोखरेलले जानकारी दिनुभएको छ ।
यसरी मृत्यु हुनेमा वाणगंगा नगरपालिका १४ की ५९ वर्षीय लिला वि.सि र ५० वर्षीय भिमा अर्याल रहेकी छिन् । उनीहरुलाई नदीले बगाउदा २ सय देखि ५ सय मिटरको दुरीमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । उनीहरुसंगै रहेका ८ वर्षीय शुशिल वि.सि. खोला तर्ने क्रमका उनीहरुसंग छुट्टिएर बाच्न सफल भएको प्रहरीले जनाएको छ ।
रातभर खोलामै बसेका ८ वर्षीय शुशील वि.सिले विहान स्थानीयलाई खवर गरेपछि प्रहरी घटना स्थलमा पुगेका थिए ।













प्रतिक्रिया