– गणेश गिरी
पर्वत , ७ असोज । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानको आगामी नेतृत्वका लागि लोक गायक बद्री पंगेनी बलियो उमेदवार बन्दै गएका छन । प्रतिष्ठानको आगामी असोज ८, ९ र १० गते देखि काठमाण्डौंमा हुने छैटौ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासि पंगेनीको पक्षमा कलाकाहरु खुलेर लाग्न थालेका छन ।
प्रतिष्ठानको सचिवालयले दिएको जानकारी अनुसार अधिकांश जिल्लाका प्रतिनिधिहरुको नामावली केन्द्रिय कार्यालयमा आइपुगेको छ । प्रतिष्ठानको जिल्ला शाखाहरुले प्रतिनिधिहरु चयन भईसकेको पछि कुन उमेदवारका पक्षमा कति जना प्रतिनिधि चयन भए भन्ने जोड घटाउ शुरु भएको छ ।
धौलागिरीका तीन जिल्ला मध्ये पंगेनीको पक्षका अधिकांश प्रनितिधिहरु चयन भएको म्याग्दी शाखाका अध्यक्ष कृष्ण जिसीले बताउँछन । ‘सक्षम सबल र कुशल नेतृत्व चयन गर्ने हो’ जिसी भन्छन–‘गायन र संस्था सञ्चालनको अनुभवी नेता पंगेनीको जित पक्का छ ।’ अध्यक्ष पदका अर्का प्रत्यासि विष्णु खत्रीको गृह जिल्ला बागलुङका प्रतिनिधिहरु खत्रीको पक्षमा रहेपनि पर्वतका आधा भन्दा बढि प्रनितिधिहरु भने पंगेनीको पक्षमा रहेको बताईन्छ । पर्वत शाखाका अध्यक्ष तथा प्रेस चौतारी पर्वतका सदस्य दिपक गदाल भन्छन–‘निरन्तरको संस्था प्रतिको योगदानको यसपाली कदर हुनेछ ।’ पर्वतले भुगोल भन्दा क्षमता र दक्षताको कदर गर्ने गदालले बताए । पंगेनीको निरन्तर संगठन प्रतिको कदर गर्न समेत उनले सवैलाई आग्रह गरे ।
गायनको क्षेत्रमा स्थापीत पंगेनीको गृह अञ्चल लुम्बिनीमा भने सवै प्रनितिधिहरु खुलेरै पंगेनीको पक्षमा मत मागीरहेका छन । पंगेनी भन्छन–‘गृह अञ्चलको मलाई निकै ठूलो सहयोग छ ।’ उता, गण्डकी, बागमती लगाएतका अञ्चलका समेत अधिकांश आफनो पक्षमा प्रतिनिधिहरु चयन भएको पंगेनी बताउँछन । देश भरका ६० प्रतिशत भन्दा बढि प्रनितिधिले आफूलाई मत दिने पंगेनीले विश्वास गरेका छन । पंगनीको पक्षमा वर्तमान अध्यक्ष चन्द्र शर्माले पनि सहयोग गर्ने बताइन्छ । यसैगरी प्रतिष्ठानका अग्रजहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, लगाएतको समर्थन रहेको बताईन्छ । आगामी महाधिवेशनमा पंगेनी सहित टिकाराम चापागाई र विष्णु खत्रीले उमेदवारी घोषणा गरेका छन ।
यसैगरी प्रतिष्ठानको आगामी बरिष्ठ उपाध्यक्षका लागि रमेश विजीको उमेदवारी पनि बलियो बन्दै गएको छ । धौलागिरी अञ्चलका गायक बिमल राज क्षेत्री नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि पर्वत क्षेत्र न २ बाट उमेदवार बनेका कारण जिल्लामा उनलाई गायकमा भन्दा राजनीतिमा रुचि भएको आरोप लाग्न थालेको छ । पार्टीको राजनीतिमा लागेका कारण आलोचित बनेका क्षेत्रीभन्दा बिजी प्रतिष्ठानको नेतृत्वमा हेर्न चाहनेको भिड प्रतिष्ठानमा बढेको बताइन्छ । बरिष्ठ उपाध्यक्षमा ऋषीलाल श्रेष्ठले पनि उमेदारी दिने तयारी गरेका छन ।
यसैवीच प्रतिष्ठानको महासचिवका लागि भने सचिव शिशिर देवकोटा र गायक सुवास केसी चुनावी मैदानमा उत्रने घोषणा गरेका छन । कोषाध्यक्षमा भने दिपक खडका र तारापति सुवेदीले उमेदवारी घोषणा गरेका छन ।
















प्रतिक्रिया