१ कार्तिक २०८३, आइतबार

‘साहुको ऋणले बेचिएको छोरो’

6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shiva-akheli-2– गणेश गिरी

पर्वत, ७ असोज । नेपालका ६० लाख युवा विदेशमा छन् । खाडीको चर्को घाममा पसिना चुहाउन ४० लाख भन्दा बढी युवा बाध्य छन् । बाँकी युवा युरोपमा अरुको दासत्व गरीरहेका छन् ।

झण्डै २ वर्ष खाडी मुलुक बसेर नेपाल फर्केका बागलुङका शिव अखेली पनि तिनैमध्ये एक हुन् । विदेशमा बस्दा नेपालीको पसिनाको मूल्यलाई राम्रोसंग नियालेका अखेलीले परदेशबाटै झण्डै दुई दर्जन बढी गीत लेखे । उनका गीत रेडर्क पनि भएका छन् । स्वदेश फर्केपछि उनको शब्द सृजनामा एउटा मार्मिक गीत सार्वजनिक भएको छ ।

खाडीमूलक जाने मध्येका धेरै युवा साहूको ऋण तिर्न विदेशीने गर्छन । केहि नेपालमा बेरोजगार भएपछि विदेश जान्छन । अखेलीले सृजना गरेको गीतमा साहुको ऋण तिर्न विदेशीएको नेपाली छोरोको कथा उल्लेख गरिएको छ ।

‘साहुको ऋणले वेच्यो आमा, किन्यो बाहिरी देशले..’ निकै मार्मिक र हृदयस्पर्शी शब्द समावेश गरिएको उक्त गीत अखेलीले बडादशैको अवसर पारेर सार्वजनिक गरेका छन । गीतमा गायक कृष्ण अखेली र लक्ष्मी नेपालीले स्वर दिएका छन ।