२ कार्तिक २०८३, सोमबार

लाबिम मलमा सोनी सेन्टरको भब्य उद्घाटन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sony_logoकाठमाडौं, ६ असोज । सोनीले ललितपुर स्थित लाबिम मलमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नयाँ शोरुमको समुद्घाटन सोनीका वरिष्ठ प्रबन्धक –रिजनल मार्केट डेभलपमेण्ट सेन्टर जेरेमी हेंगले गरेका हुन् ।

अन्य सोनी सेन्टर्सले झैँ नयाँ शोरुमले पनि सोनीका जेन्यून उत्पादनमा सर्वसाधारणको सहज पहुँच बनाउन सघाउने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार नयाँ शोरुमको प्रमुख आकर्षणका रुपमा एमडीआर (म्यूजिक डिजर्भ्स रेस्पेक्ट) उत्पादनहरु र पीएसफोर (PS4) रहेका छन् । शोरुममा रहेको एमडीआर क्याफेले उपभोक्तालाई सोनीका हेडफोन्स तथा इयरफोनसको अनुभव लिँदै शोरुममा गुणस्तरिय समय ब्यतित गर्न स्वागत गर्ने जानकारी दिइयो । यसका अतिरिक्त शोरुममा ब्राभिया टीभी, सोनी एक्सपेरिया स्मार्टफोनस र अल्फा तथा साइबरशट क्यामेराका नयाँ उत्पादनका विभिन्न भेराइटी समेत पाउन सक्छन् ।

सोनीका शोरुमहरु नेपालकै पहिलो आधिकारिक ईलेक्ट्रोनिक्स शोरुम मध्य पर्छन् । नेपालमा सोनीको पहिलो शोरुम बिसं. २०४५ सालमा दरवार मार्ग स्थित लाल दरवारमा स्थापना गरिएको थियो । यसलाई पछि कान्तिपथमा सारिएको हो ।

नेपा हिमाका बारेमा :

विश्व परिचित ब्राण्ड सोनीको नेपालका लागि नेपा हिमा ट्रेड लिङ्क प्रालि. आधिकारिक विक्रेता हो । देशभरका विभिन्न स्थानमा रहेका सोनी सेन्टर्स तथा ब्यापक वितरक सञ्जाल मार्फत कम्पनीले नेपाली उपभोक्तालाई सोनीको अनुभव प्रदान गरिरहेको छ । दशकौँदेखि घर घरमा परिचित सोनीको ब्राण्ड भ्यालुलाई निरन्तर्ता दिँदै उपभोक्ताको अनुभवलाई थप गुणस्तरिय सेवाका साथ उत्कृष्ट बनाउने कम्पनीको लक्ष्य रहेको छ ।