३१ आश्विन २०८३, शनिबार

आइएमएस ग्रुपद्वारा महेश्वर महर्जन अन्तराष्ट्रिय जितको लागि सम्मानित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maheshor-mahargan

काठमाडौं, ६ असोज । नेपालका अग्रणी कम्पनीहरु मध्ये एक बहुचर्चित नाम आइएमएस ग्रुपले महेश्वर महर्जनलाई उहाँले ५०औं एशिया बडीबिल्डिङ्ग तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपम २०१६, भुटानमा देखाएका खेल तथा उनको कामयाबीको लागि हार्दिक बधाई लगायत सम्मान–पत्र प्रदान गरेको छ ।

५ असोज २०७३ मा भएको उक्त कार्यक्रममा आइएमएस ग्रुपका तर्पmबाट कम्पनीका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी अध्यक्ष दिकेश मल्होत्राद्वारा खेलाडी महर्जनलाई उक्त सम्मान–पत्र प्रदान भएको थियो र कार्यक्रम मार्पmत नै उनले महर्जनलाई आफ्नो योगदानका लागि तथा देशको नाम राख्न गर्नुभएको प्रदर्शनप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

सम्मान–पत्रका साथै कम्पनीले महर्जनलाई नगद रु. १ लाख तथा एउटा सामसङ ग्यालाक्सी एस सेभेन एज पनि पुरस्कार प्रदान गरेका थियो ।