३१ आश्विन २०८३, शनिबार

कुराँशकी भगवतीले एसियन गेममा नेपालको झण्डा बोक्ने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhagbati-majhiकाठमाडौं, ६ असोज । सेप्टेम्वर २४ (असोज ८ गते) देखी भियतनामको दानाङमा हुने पाँचौं एसियाली बीच गेम्समा कुराँशकी खेलाडी भगवती माझीले नेपालको राष्ट्रिय झण्डा बोक्ने भएकी छिन् ।

यस अघिको एसियन गेम्समा कास्य पदक बिजेता भगवतीले उक्त प्रतियोगिताको उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा बोक्ने राष्ट्रिय खेलकुद परिषदका महासचिव टेन्डी शेर्पाले जानकारी दिए ।
सो प्रतियोगितामा कुराँश खेल तर्फ नेपालबाट प्रताप घिसिङ र भगवती माझीले प्रतिस्पर्धा गर्ने भएका छन् । एसियन विच गेम्समा नेपालले साम्बो, बास्केटवल, भलिवल र शारिरिक सुगठन खेल तर्फ १८ खेलाडी सहभागी हुने भएका छन् ।

यसैविच प्रतियोगितामा सहभागि हुने खेलाडी तथा व्यवस्थापकहरुलाई नेपाल कुराँश संघले बिदाई गरेको छ ।

काठमाडौं जिल्ला खेलकुँद विकास समितिको कार्यालयमा आयोजित कार्यक्रममा कुराश संघका अध्यक्ष दान घिसिङ, बरिष्ठ उपाध्यक्ष राजेन्द्र शर्मा, महासचिव एवं काठमाडौं जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने लगायतले बिदाई गरेका थिए ।

प्रतियोगितामा कुराँश खेलको अफिसियल संघकी उपाध्यक्ष प्रतिक्षा खरेल छिन् । नेपाल कुराँश संघले उक्त प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई नगद पुरस्कार दिने यस अघि नै घोषणा गरिसकेको कुराँश संघका अध्यक्ष घिसिङले बताए । केही दिन अघि दक्षिण कोरियामा सम्पन्न अन्तराष्ट्रिय प्रतियोगितामा कुराँशका खेलाडी सनमान गोलेले कास्य पदक जितेका थिए ।