काठमाडौं । गायक राजन ठकुरीले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नयाँ नेतृत्वका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारीको घोषणा गरेका छन् ।
लामो समयदेखि लोक तथा दोहोरी गीतको क्षेत्रमा सक्रिय रहेका गायक ठकुरीले असोज ८, ९ र १० गते राजधानीमा हुन लागेको छैटौँ महाविधेशनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्न लागेको जनाए । उनले भने, ‘लामो समयसम्म लोक दोहोरी गीतको क्षेत्रमा लागे । अब यो क्षेत्रमा केही गरौँ भन्ने लागेको छ । त्यही भएर केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेको छु ।’
‘सिमसिम पानी रै छौँ बेइमानी…’ गीतबाट एकाएक चर्चामा आएका राजन ठकुरीले त्यसपछि दुई सयभन्दा बढी गीतमा स्वर दिएका छन् ।
उनले केही समय अगाडि देशभक्ति गीतहरू पनि रेकर्ड गाएका थिए । अहिले पनि आफू गीत संगीतकै क्षेत्रमा सक्रिय रहेको ठकुरीको भनाइ छ ।
गायक ठकुरीले अहिले पनि राजधानीमा दोहोरी साँझ रेष्टुरेन्टको व्यवसाय गर्दै आएका छन् । आफ्नो दोहोरी साँझमा ठकुरीले आफै पनि गीत गाउने गर्छन् ।















प्रतिक्रिया