काठमाडौं, ६ असोज। सशस्त्र प्रहरीले विभिन्न पदहरूमा विज्ञापन प्रकाशित गर्दै ९० प्रहरी अधिकृतका लागि दरखास्त माग गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक र सहायक प्रहरी निरीक्षकका लागि जागिर खुलेको हो । सशस्त्रले ५४ जना प्रहरी निरीक्षक र ३६ सहायक प्रहरी निरीक्षकका लागि जागिर खुलाएको छ ।
सशस्त्र प्रहरी निरीक्षकमा २९ जना खुलातर्फबाट सेवा प्रवेश पाउनेछन् । महिला ५, आदिबासी जनजाति ८, मधेसी ७, दलित ३, र पिछडिएको क्षेत्र र अमर प्रहरी परिवारबाट १–१ पदमा आरक्षण कोटा छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षकका लागि १९ जना खुलातर्फ मागिएको छ । ३ महिला, ५ आदिबासी जनजाति, ५ मधेसी, २ दलित र १–१ पद पिछडिएको क्षेत्र र अमेर प्रहरी परिवारको लागि कोटा तय भएका छन् ।
प्रहरी निरीक्षकका लागि स्नातक तथा सहायक निरीक्षकका लागि प्रमाणपत्र तह पास गरेको हुनुपर्नेछ ।















प्रतिक्रिया