२९ कार्तिक २०८३, आइतबार

मन्त्रिपरिषदको बैठक बस्दै, भूकम्प प्राधिकरणबारे पनि छलफल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-cabinetकाठमाडौं, ६ असोज । मुलुकको पछिल्लो अवस्था, दसैँ तिहारका लागि आपूर्ति व्यवस्था एवम् भूकम्प प्रभावित जिल्लाहरूको पुनर्निमाणलगायतका विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा अपरान्ह बस्ने मन्त्रिपरिषद बैठकमा समग्र विषय छलफल हुनेछ ।

स्रोतका अनुसार बैठकमा भूकम्प प्रभावित जिल्लाका पीडितलाई दसैँ अगाडि राहत सहज रुपमा उपलब्ध गराउने विषयमा पनि छलफल हुनेछ ।

भूकम्प प्राधिकरणले सन्तोषजनक रुपमा काम गर्न नसकेको भन्दै आलोचना बढिरहेका बेला मन्त्रिपरिषदको बैठक बस्न लागेको छ ।

यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार प्राधिकरणका सचिवसँग परामर्श पनि गरिसकेका छन् ।