लसएञ्जलस । माइकल ज्याक्सनको निधन भएको ७ वर्षपछि उनका कान्छा छोराको चर्चा सुरु भएको छ ।
सन् २००९ मा ज्याक्सनको निधन भएपछि उनको परिवार गुमनाम जीवन बिताउँदै आइरहेको छ । ज्याक्सनका कान्छा छोरा प्रिन्स माइकल ज्याक्सन द्धितीयले हालै सार्वजनिक हुने क्रममा विश्वभरि छरिएर रहेका आफ्ना स्वर्गीयवासी पिताका समर्थकहरूको ध्यान पुनः खिच्न सफल भएका छन् ।
ज्याक्सनका छोरा १४ वर्षका भएका छन् । उनले आफ्नो नामको न्वारन आफैले गरेका छन् ।
उनले अहिले आफ्नो नाम ब्ल्याङ्केट राखेका छन् । ज्याक्सनले पहिले उनको नाम बिगी राखेका थिए ।
बिगी बच्चा हुँदा ज्याक्सनले एउटा होटलको झयालबाट अमर्यादित रूपमा उनलाई सार्वजनिक गरेका थिए ।
पिता माइकल ज्याक्सनको निधन हुँदा ब्ल्याङ्केट ७ वर्षका थिए ।
पिताले दिएको नाम बोकेर हिँड्दा माइकल ज्याक्सनले उनलाई सार्वजनिक गर्दा गरेको अप्रिय घटनाको झल्को आउने भएका कारण नाम परिवर्तन गरेको बताइएको छ ।
उनी हाल आफ्नो ८६ वर्षीया हजुरआमा क्याथरिन ज्याक्सनको क्यालिफोर्नियास्थित घरमा दाजु र दिदीसँग बस्छन् ।
माइकल ज्याक्सनका जेठा छोरा प्रिन्स माइकल जोसेफ ज्याक्सनको उमेर १९ वर्ष र छोरी पेरिस माइकल क्याथरिन ज्याक्सनको उमेर १८ वर्ष छ ।
माइकल ज्याक्सनका जेठा छोरा–छोरी दुवै सोसल मिडियामा निकै सक्रिय छन् । कान्छो छोराले अहिलेसम्म ट्विटर अकाउन्ट पनि खोलेका छैनन् । उनी आफ्नो पिताको ट्विटर नै प्रयोग गर्छन् । – एजेन्सी















प्रतिक्रिया