काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि बुधबार सामाजिक सञ्जाल ट्वीटरमा गालीको वर्षा भएको छ ।
विश्व शान्ति दिवसको अवसरमा ट्वीटरमार्फत शुभकामना दिंदै नेता देउवाले मंगलबार विभिन्न विद्यालयमा भएको बम विष्फोटको घटना निन्दनीय भएको भन्दै कारवाहीको लागि बुधबार ट्वीटरमार्फत सरकारसँग माग गरेपछि देउवालाई ट्वीटेहरुले व्यंग्यात्मक शैलीमा गाली गरेका हुन् ।
देउवाले आज विहान विश्व पर्यटन दिवसका अवसरमा ट्वीटरमा ‘विश्वशान्ति दिवसको उपलक्ष्यमा शुभकामना । शान्ति क्षेत्रको रुपमा रहेको विद्यालयहरुमा भएको घटना अन्यन्त निन्दनीय छ । कार्वाहीको माग गर्छु’ लेखेका थिए ।
आफ्नै दल सरकारमा सम्मिलित भएको, आफ्नै पार्टीका नेता विमलेन्द्र निधि गृहमन्त्री भएको जस्ता विषय उठाउँदै आफै सरकारमा काम गर्ने ठाउँमा हुँदा सस्तो प्रचारका लागि यस्तो ट्वीट लेखेको भन्दै देउवालाई गालीसहित सत्तोसराप गरिएको हो । उनीहरुले हत्याका अभियुक्तको मुद्दा फिर्ता लिने गृहमन्त्री निधिलाई फिर्ता बोलाउन र देशमा शान्ति सुरक्षा चुस्त पार्नसक्ने व्यक्ति पठाउन पनि माग गरेका छन् ।
केहीले सरकारको नेतृत्व गरेको माओवादीलाई पनि गाली गरेका छन् ।
यस्तो छ ट्वीटेको गालीः
गगन गगनले देउवाको ट्वीटमा लेखेका छन्– ‘तपाई आफैं सरकारमा हुनुहुन्छ । तपाईंकै गृहमन्त्री छन् । राम्रो कार्यसम्पदान देखाउनुस् । सद्भाव देखाएर मात्र हुँदैन ।’
म भन्ने एक व्यक्तिले नौटंकी कौवाको उपमा दिएका छन् ।
अशान्त आत्माले राजनीति गर्न छाडेर दिनभरि माग गर्नतिर लागौं बरु आउनुस् भनेर लेखेका छन् ।
सुमन खतिवडाले कोसँग इन्डियासँग भनेर लेखेका छन् ।
म नेपाली मेरो नेपाल भन्ने प्रयोगकर्ताले हाम्रो बेबसीको फाइदा उठाउँदै छौं विद्यालयमा राखेको बम एकदिन तिमीहरुको घरमा पनि पड्किन्छ भन्दै बम राख्नेप्रति आक्रोश व्यक्त गरेका छन् ।
कृष्ण द भुसालले लेखेका छन्, ‘देउवाजी मलाई एआइजी बनाउनुस् । म गर्छु कारवाही । सबका सब चोर डाँका, लुटेरा, हत्यारा, गुण्डा, भ्रष्टाचारी, देशद्रोही खसाल’ भनेर लेखेका छन् ।
https://twitter.com/DeubaSherbdr/status/778414783162822656













प्रतिक्रिया