२९ कार्तिक २०८३, आइतबार

भारतीय नाकाबन्दीको बार्षिकीमा सरकारले भन्यो- चीनतिर बाटो खोल्नु हुँदैन्

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-karki-1
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्की ।

काठमाडौं, ५ असोज । गतवर्ष संविधान जारी गरेको विरोधमा भारतले गरेको नाकाबन्दीको एक वर्ष पूरा भएको छ ।

त्यतिबेला नाकाबन्दीको समस्या झेलेकोे केपी ओली नेतृतवको सरकारले चीनसँग पारवहन सम्झौता गरी नेपाल र चीनलाई सडक र रेल सञ्जालले जोड्ने तयारी अघि बढाएको थियो । जसका कारण भारतले नाकाबन्दी गरे पनि नेपालले अन्तर्राष्ट्रिय ब्यापारका लागि बाटो पाउने भन्दै नेपालमा खुसियाली छाएको थियो ।

ओली सरकार हटाएर गठन गरिएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय विषयमा भारतकै धारणा अनुरुप चीनसँग जोड्ने सडक र रेल सञ्जाल जोड्न नहुने बताएको छ ।

अन्तर्राष्ट्रिय विषयमा भारतकै अनुरुप चल्नेगरी दिल्लीमा प्रचण्डले गरेको सहमतिको चारदिन नबित्दै बुधबार सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री राम कार्कीले पनि एक कार्यक्रममा चीनसँग सडक सञ्जाल जोड्न राम्रो नहुने भनेका छन् ।

उनको यो भनाइलाई पूर्व मुख्य सचिव एवं प्रस्तावित चीनका राजदूत लिलामणी पौडेलले प्रतिवाद गरेका छन् ।

चीनसँग तेल र रेलकै लागि सम्बन्ध राख्नुपर्ने भन्दै पौडेलले नेपालको जलस्रोत र एकात्मक व्यापारमा भारतको आँखा रहेकोले त्यसबाट उम्किएर आफ्नो विकासका लागि चीनसँग सम्बन्ध राख्नुपर्ने बताए ।