१ कार्तिक २०८३, आइतबार

गायक देवकोटाले ल्याए ‘दसैँ र विदेश’को पीडा सम्झाउने गीत

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vlcsnap-2016-09-19-12h13m53s225काठमाडौं । गायक जय देवकोटाले दसैँलाई ध्यानमा राखेर ‘यो साल म आउँला या नआउँला …’ बोलको गीत ल्याएका छन् ।

आफ्नै स्वर, संगीत र शब्दमा रहेको नयाँ गीतबाट देवकोटाले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिएका छन् । प्रत्येक वर्ष चाढपर्वलाई ध्यानमा राखेर गीत गाउँदै आएका देवकोटाले यो दसैँका लागि आफ्ना दर्शक स्रोतालाई नयाँ गीतको कोशेली दिएको बताए ।

विदेशमा रहेका आफन्त र स्वदेशमा रहेका आफन्तवीचको दर्द र पीडालाई गायक देवकोटाले गीतमा उतारेका छन् । ‘गीतमा पीडा लुकेको छ’, उनले भने, ‘विदेशमा बस्ने आफन्त र स्वदेशमा बस्ने आफन्तवीचको मनोभावलाई गीतमा ढाल्ने प्रयास गरेको मात्रै हुँ ।’

यो दसैँ गीतको म्युजिक भिडियो पनि देवकोटाले बनाइ सकेका छन् । म्युजिक भिडियोमा आफै मोडलिङ गरेका गायक देवकोटालाई मोडल टीना श्रेष्ठले साथ दिएकी छिन् ।