२ कार्तिक २०८३, सोमबार

महिन्द्राको आधुनिक शोरुम, जनकपुरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

showroom-opening

काठमाडौं, ३ असोज । महिन्द्रा गाडीहरुको आधिकारीक विक्रेता तथा नेपालकै एक अग्रणी कम्पनी अग्नी गुप्र अन्तर्गतको को नयाँ शोरुम श्री कृष्ण डिष्ट्रीब्यूटर्सको जनकपुर–१४, मुजेलियामा भव्य उद्घाटन गरिएको छ ।

ग्राहकहरुका माझ अझ सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्य अनुरुप यसै शोरुम मार्फत कम्पनीले महिन्द्राका MUVs, SUVs, ट्रयाक्टर र Powerol जेनेरेटर पनि उपलब्ध गराएको छ । यसका साथै SUV हरुमा निकै लोकप्रिय मोडलहरु KUV100, TUV300 र XUV500 पनि जनकपुरको श्री कृष्ण डिष्ट्रीब्यूटर्सको शोरुम मार्फत बिक्रीवितरण हुने कम्पनीले जनाएको छ ।

साथै दशैं–तिहारलाई लक्षित गर्दै कम्पनीले “दशैं उत्सव अफर” अन्तर्गत आफ्ना ग्राहकहरुलाईKUV100, र TUV300 गाडीको खरिदमा ल्याएको Free 4 full-fledged service, Free Accessories र Free Road Tax अफरलाई उक्त नयाँ शोरुमबाट गाडी खरिद गर्ने ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

अग्नि इन्कर्पाेरेटेडको बारेमा

अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पुर्याउँदै आफ्ना सेवाहरु सञ्चालन गर्दै आएको छ र आज नेपालकै नम्बर एक मल्टी युटिलिटी गाडीहरुको बिक्रेताको रुपमा आफूलाई प्रस्तुत गर्न सफल भइसकेको छ ।

महिन्द्राको बारेमा

महिन्द्रा ग्रुप ग्रामीण विकास गराउने र शहरी जीवनशैलीलाई गतिशीलता दिने तथा व्यवसायहरुको कार्यक्षमता बढाउने समाधानहरु प्रस्तुत गरी सबैको उन्नति गराउन प्रतिबद्ध कम्पनी हो ।

भारतको मुम्बईमा अवस्थित १७.८ अर्ब अमेरिकी डलरको यस मल्टीनेशनल ग्रुपले १०० वटाभन्दा बढी देशहरुमा भएका २००,००० जना व्यक्तिहरुलाई रोजगार अवसर प्रदान गराउँदै आएको छ । महिन्द्रा आर्थिक वृद्धि गराउने प्रमुख क्षेत्रहरुमा सञ्चालन हुँदै आएको छ र ट्रयाक्टर, युटिलिटि भेहिकल्स्, सुचना प्रविधि, वित्तीय सेवाहरु तथा भ्याकेसन ओनरशीप जस्ता सेक्टरहरुमा अग्रणी स्थान ओगटेको पनि छ । यस बाहेक महिन्द्राले एग्रो–व्यवसाय, एयरोस्पेश, कम्पोनेन्ट्स्, कन्सल्टिङ्ग सेवाहरु, डिफेन्स्, इनर्जी, इन्डस्ट्रीयल इक्वीप्मेन्ट्, लजिस्टिक्स्, रियल स्टेट्, रिटेल, स्टिल, कमर्शियल भेहिकल्स् तथा टु–व्हीलर्स् व्यवसाय अदिमा पनि बलियो उपस्थिति बनाएको छ ।

महिन्द्राले नेपाली सेवाग्राही समक्ष सफलतापूर्वक आफ्ना सेवाहरु सञ्चालन गर्दै आइरहेको समयमा यस कम्पनीले जनकपुरमा नयाँ शोरुम शुभारम्भ सँगै महिन्द्राका ग्राहकहरुलाई थप सेवा सुविधा प्राप्त हुनेमा हामी विश्वस्त रहेका छौं ।