२ कार्तिक २०८३, सोमबार

एनसेल मेला अब बुटवलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ncell-mela-2073aकाठमाडौं, ३ असोज । नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुसीयाली साट्न र शुभकामना आदान प्रदान गर्न मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले सोमबार बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेलाको आयोजना गर्न लागेको छ ।

नारायणगढ र पोखरामा दर्शकहरुलाई भब्यरुपमा मनोरञ्जन प्रदान गर्दै एनसेल मेला बुटवल आई पुगेको हो ।

मेला बिहान ११ बजेदेखि शुरु हुनेछ र विविध कार्यक्रम सहित साँझसम्म चल्नेछ । मेलाको मुख्य आकर्षणमा चर्चित कलाकारहरु तथा संगीतिक समूहको प्रस्तुतिहरु, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन, फुड स्टलहरु र एनसेल जोन रहनेछन् ।

सबै उमेरका दर्शकहरुको मनोरञ्जनको लागि विशेष ध्यान राख्दै एनसेल मेलामा विविध कार्यक्रम तथा गतिविधिहरु समावेश गरिएका छन् ।