काठमाडौं । ‘मिस राजधानी २०१६’को उपाधी आयस्ता जोशीले जितेकी छन् । जाशीले १७ प्रतिस्प्रर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।
एक्सपोज नेपालले शनिबार साँझ एकसाथ आयोजना गरेको तीन प्रतियोगिता ‘मिस राजधानी २०१६’ र ‘मिस्टर राजधानी २०१६’ र ‘मिसेस राजधानी २०१६’मा मिष्टर राजधानी तर्फको उपाधि भने विकास रावल र मिसेस राजधानीको उपाधी जमुना राईले जिते ।
रावले १५ प्रतियोगीलाई पछि पार्दै उपाधी चुम्दा राईले १८ प्रतिस्पर्धीलाई पछि पारिन् ।
तीन जना प्रतियोगिताको बिजेताले शीर्ष उपाधीका साथमा चलचित्र ,म्युजिक भिडियो अभिनय अवसरका साथै बिभिन्न गिफ्ट प्राप्त गरेका छन् ।
थापाथलीस्थित ब्लुवर्ड भवनको मुड्र्स हलमा सम्पन्न प्रतियोगितामा मिस राजधानीतर्फ विपना पराजुली फष्ट रनरअप र सचिना खड्का सेकेन्ड रनरअप घोषित हुँदा मिस्टर राजधानीतर्फ अमिरल तामाङ र नवराज गुरुङ क्रमशः फष्ट रनरअप र सेकेन्ड रनरअफ चुनिए ।
युवायुवती तथा विवाहित महिलाहरूको प्रतिभालाई प्रोत्साहन गर्नुका साथै समाजमा जिम्बेवार नागरिक बनाउने उदेश्य बोकेको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाको निणार्यकमा नायिका पुजना प्रधान, संञ्चिता लुइटेल, नायक गजित बिष्ट, हसनराजा खान, खगेस रंञ्जितकारलगायत रहेका थिए । कार्यक्रममा बिभिन्न कलाकारले संगीतिक प्रस्तुति पस्केका थिए ।















प्रतिक्रिया