१ कार्तिक २०८३, आइतबार

अडियो गीत सीमा-२ सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sa75काठमाडौं । सुन्ने गीतको भन्दा पनि हेर्ने गीतको प्रचलन बढिरहेको वर्तमान अवस्थामा अडियो सि.डि. निकाल्ने स्रष्टाहरुमा कमी आएको छैन ।

मिठो स्वरकी गायिका सिमा शाहले हालै एकल स्वरमा अडियो सि.डि. ‘सीमा २’ सार्वजनिक गर्नु भएकी छन् । मिठा, मिठा सात वठा गीत संग्रहित ‘सीमा २’ मा सन्तोष पोखरेल, समिर राई, सारिका घिमिरे, शंकर श्रेष्ठ, लय संग्रोला, ललिता कुँवर, अशोक महर्जनको शब्द रहेको छ भने बिक्रम थापा, कमल खत्री, करणराज कार्की, स्व. रत्न बहादुर खड्गी, स्व. राम थापाको संगीत सिर्जना रहेको छ ।

‘सीमा २’ लाई सान्तोना रेकर्डस् नेपालले बजार ब्यवस्थापज सम्हालेको छ । पहिलो एल्बमले सिमालाई जुन उचाईमा पुर्याएको थियो ‘सीमा २’ ले त्यो भन्दा पनि माथिल्लो स्थान पाउने कुरामा गायिका सिमा शाह बिश्वस्त देखिएकी छन् ।