पर्वत, २ असोज । राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको आगामी नेतृत्वका लागि लोक गायक विष्णु खत्री, बद्री पंगेनी र टीकाराम चापागाइँले उमेदारी घोषणा गरेका छन ।
आगामी असोज ८, ९, १० गते काठमाडौंमा हुने छंैटौै राष्ट्रिय महाधिवेशनका लागि वर्तमान कार्य समितिका बरिष्ठ उपाध्यक्ष पंगेनी, प्रथम उपाध्यक्ष चापागाइँ र खत्रीले उमेदवारी घोषणा गरेका हुन् ।
गायक पंगेनी नेपाली लोक संस्कृति र लोक गायनको क्षेत्रमा चलेको नाम हो । पंगेनीले अध्यक्ष पदमा आफू बलियो उम्मेदवार रहेको दाबी गर्छन् ।
चापागाइँ पनि वर्तमान कार्य समितिका प्रथम उपाध्यक्ष भएकाले उनको संगठनमा राम्रो प्रभाव रहेको दाबी छ । चापागाइँ गायनभन्दा अन्य संस्थाहरूमा लागेको भन्ने आरोप छ ।
धौलागिरी क्षेत्रका लोक गायक खत्री यसअघिको पाँचौ अधिवेशनमा ठूलो मतले अध्यक्ष चन्द्र शर्मासंग पराजित भएका थिए । उनी दोस्रो पटक अध्यक्षको दौडमा छन । खत्रीलाई संगठनमा निरन्तरता नदिएको आरोप छ ।
तीन वर्षे कार्यकालका लागि हुने महाधिवेशनमा बरिष्ठ उपाध्यक्षका पदमा गायक रमेश विजी, ऋषिलाल श्रेष्ठ र विमलराज क्षेत्रीले उमेदवारी दिने सम्भावना छ ।
कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पर्वत क्षेत्र न २ बाट पराजित भएका गायक क्षेत्रीलाई धौलागिरीको समर्थन जुटने अनुमान गरिएको छ ।
प्रतिष्ठानको महासचिवका शिशिर देवकोटा र सचिवमा गायकद्वय कृष्ण रेउले र सुवास केसी चुनावी मैदानमा उत्रने घोषणा गरेका छन ।
पशुपति शर्मा, रामजी खाड, शंकर विसी, खुमन आधिकारी, राजु गुरुङ, चोलेन्द्र पौडेल, कुलेन्द्र विश्वकर्मा, तारापति सुवेदी, हरि थापा, बसन्त
थापा, पार्वती जिसी, राधिका हमाल, रमिला न्यापाने, टीका पुन, कृष्ण अखेली, प्रकाश कटवाल, दीपक खडकालगायतले पनि केन्द्रीय सदस्य र पदाधिकारीहरुमा दाबा गरीरहेका छन ।
प्रतिष्ठानको महाधिवेशनका लागि ६१ जिल्लाबाट २ हजारभन्दा बढी कलाकारहरु प्रनितिधिरुपमा सहभागी हुने प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले बताए ।
शर्माका अनुसार अधिकांश जिल्ला अधिवेशन सकिएको छ । भने केही विवादित अञ्चल र जिल्लाहरुमा महाधिवेशन अगाडि नै टुंगो लाग्नेछ ।
















प्रतिक्रिया