१ कार्तिक २०८३, आइतबार

फूल कुमारको गीत बजारमा

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fulkumari

काठमाडौं । चर्चित गीतकार तथा गायक फूल कुमार बम्जनको पछिल्लो ‘आज मसँगै जाउँ कान्छी नयाँ लुगा किनेर लाइदिउला…’ बोलको सेलो गीत हालै बजारमा आएको छ । शब्द, संगीत र स्वर स्वयं बम्जनको रहेको छ भने गायिका अन्जु लामाले पनि साथ दिएकी छन् ।

बुढानिलकण्ठको तारेभीर आसपास छायांकन गरिएको उक्त गीतमा मोडलहरु मन्दिरा लोप्चन, राजु लामा, ज्योती लामा, सूर्य लामालगायतले अभिनय गरेका छन् ।

नृत्य प्रशिक्षकसमेत रहेका बुद्ध लामाद्वारा निर्देशन गरिएको उक्त सेलो दोहोरी गीतमा मौलिकतालाई उजागर गरेको छ । गीतमा प्रयोग भएका शब्दहरु गाउँकै झर्रा र ठेट पाइन्छ । एकताका ‘मै छोरो परदेश गइबस्दा, गाउँघर शून्य भइबस्दा…’ बोलको गीतले देशविदेशमा निक्कै चर्चा पाएको थियो । यसपटकको गीतले पनि उत्तिकै बजारमा छाउने उनले आशा गरेका छन् ।

हेर्नुस् भिडियोः