काठमाडौं, ३० भदौ । नेपाल महिला संघको तेस्रो महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्नु भएकी महिला नेतृ मीना पाण्डेले आफ्नो पक्षमा मतदान गर्न प्रतिनिधिहरूसँग आग्रह गर्नुभएको छ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बुधबारदेखि सुरू भएको तेस्रो महाधिवेशनमा सहभागी महिला प्रतिनिधिहरूलाई पाण्डेले आफ्नो पक्षमा मतदान गर्न अपील गर्नुभएको हो ।
‘महिलाको अधिकार, प्रजातन्त्र र राष्ट्रिय हितका पक्षमा मेरो उम्मेदवारी हो’, उहाँले भन्नुभयो, ‘महिला दिदी बहिनीहरूले यस पटक मलाई मतदान गरेर विजयी बनाउनु हुनेछ ।’
लामो समयदेखि महिला आन्दोलनका साथै कांग्रेसको राजनीति गर्दै आउनु भएकी नेतृ पाण्डेले आगामी दिनमा पनि लोकतन्त्रका लागि संघर्ष गरिरहने उल्लेख गर्नुभएको छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकट मानिने महिला नेतृ पाण्डेले यसपटक विजयी हासिल गर्नेमा निकटका महिला नेतृहरूको दाबी छ ।












प्रतिक्रिया