काठमाडौं । ‘प्रथम मिसेस तामाङ –२०१६’को उपाधि शान्ति तामाङले हात पारेकी छन् ।
एसके इन्टरटेन्मेन्टको आयोजनामा मंगलबार राजधानीमा सम्पन्न ‘प्रथम मिसेस तामाङ –२०१६’ मा १७ प्रतिस्पर्धीलाई पछि पार्दै शान्ति ताज पहिरिन सफल भएकी शान्ति धादिङ, दार्खाकी हुन् ।
कार्यक्रम कृषि विकास राज्यमन्त्री राधिका तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । शान्ति उपाधिस“गै हिरो कम्पनीको दियो स्कुटी, सिटिभी कम्पनीको थ्रिजी मोबाइललगायतले पुरस्कृत भइन् ।
सेकेन्ड रनरअप अणुकुमारी लामा, थर्ड रनरअप अनिता लामा, फोर्थ रनरअप सुनिता घलान, फिङ्खथ रनरअप र सिक्स्थ रनरअप राधा थोकर भएका थिए । विजेताहरु सबैलाई नगद तथा चेक क्रमशः ५० हजार, ३५ हजार, २५ हजार, २० हजार, १५ हजारसहित सिटिभी कम्पनीको थ्रिजी मोबाइल हात पार्न सफल भए ।
शान्ताकुमारी लामाको आयोजनामा सम्पन्न कार्यक्रममा भाषाविद् तथा तामाङ डाजाङका सल्लाहकार अमृत योञ्जन तामाङ, शिव सेना नेपालका अध्यक्ष मुस्कान पौडेल, मोडल निर्जन थापा र समाजसेवी दीक्षा चापागाइ“ निर्णायक भूमिकामा थिए ।
१८ प्रतिस्पर्धीबाट १० जनालाई अन्तिम प्रतियोगिताका लागि छानिएका थिए । उनीहरु सबैलाई निर्णायकहरुले एकै प्रश्न सोधेका थिए । ‘यदि तपाई देशको प्रधानमन्त्री हुनुभयो भने के गर्नुहुन्छ ?’ उक्त प्रश्नको उत्तर सबैले आ–आफ्नो शैलीमा दिएका थिए । तर, उत्तर सम्पूर्ण प्रतिस्पर्धीहरुको उस्तै उस्तै थियो ।
कार्यक्रममा फोटो पोजिसन, को–अपरेटिभ, इन्टेलिजेन्ट, फेसबुक बिजेता, पपुलर, फोटो जेनिक, स्माइलिङ, वाकिङ, फ्रेन्डसिप, ड्रेसलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा चर्चित कलाकार युवा गायक विजय लामा, हाँस्यकलाकार बुद्धि तामाङ ‘हैट’, गायक फूलकुमार बम्जन, गायिका मेनुका राई तामाङ, गायक सगुन तामाङलगायतले आ–आङ्खनो प्रस्तुति दिएका थिए । युवा गायक लामा हलभित्र जमेका थिए ।
‘प्रथम मिसेस तामाङ –२०१६’को कार्यक्रममा ‘संयुक्त अपांग आवाज केन्द्र नेपाल’लाई ४० हजार नगद दिलबहादुर कार्कीको हातमा आयोजक टिमले सुम्पिएका थिए ।
आयोजक एसके इन्टरटेन्मेन्टका प्रमुख शान्ताकुमारी लामाले तामाङ गृहिणीहरु पनि कम नभएको बताइन् । एउटी महिला श्रीमती, बुहारी, आमा बनेर गृहिणीमा परिणत भए पनि क्षमतामा कमी छैनन् बरु अनुभवले अरु खारिएका छन् है भन्ने सन्देश दिन पहिलोपटक मिसेस तामाङको आयोजना गरिएको बताइन् ।
मिसेस तामाङको मिडिया पार्टनर प्रभाव दैनिक, तामाङ डाजाङ डटकम डटएनपी, युवाहुंकार रहेको आयोजक लामाले बताइन् ।
















प्रतिक्रिया