ललितपुर, ३० भदौ । नेपाली सेनाका एक जना कर्णेलले नेकपा एमालेमा प्रवेश गर्दै राजनीतिक जीवनको सुरुवात गरेका छन् ।
एमाले जिल्ला कमिटी ललितपुरद्धारा विहीबार आयोजित पार्टी प्रवेश तथा समसामयिक अन्तरक्रिया कार्यक्रममा एमाले केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाका पूर्व कर्णेल केदारनाथ दुलाललाई टिका र खादासहित स्वागत गरे ।
एमाले ललितपुर जिल्ला कमिटीको प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाका अनुसार पूर्व कर्णेल केदारनाथ दुलालसहित विभिन्न पार्टी परित्याग गरी ५० बढी एमालेमा प्रवेश गरेका छन् । पत्रकारिता, कलाकारिता लगायतका स्वतन्त्र पेशाकर्मी समेत एमाले प्रवेश गरेको उनले बताए ।













प्रतिक्रिया